सहकारी सम्बन्धी संसदीय छानबिन समितिको बैठक जारी
समितिको बैठक संघीय संसद भवनमा बसिरेको छ। संसदीय छानबिन समितिको बैठकमा संयोजक र सदस्यहरूसँगै सभामुख देवराज घिमिरे पनि सहभागी छन्।
काठमाडौं, जेठ २३ : सहकारीको बचत रकम अपचलन भएको सम्बन्धमा छानविन गर्न बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसिरहेको छ।
समितिको बैठक संघीय संसद भवनमा बसिरेको छ। संसदीय छानबिन समितिको बैठकमा संयोजक र सदस्यहरूसँगै सभामुख देवराज घिमिरे पनि सहभागी छन्।
जेठ १५ गते एमाले सांसद सूर्य थापाको संयोजकत्समा ८ सदस्यीय समिति गठन भएको थियो । जसमा एमालेबाट थापासँगै सरिसता भुसाल छिन् भने कंग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन्।
प्रकाशित मिति: १५:०५ बजे, बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार