Kathmandu Press

कोशी सरकारविरुद्धको मुद्दाको फैसला पूर्ण इजलासमा

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलाशमा पठाउने निर्णय गरेको हो।
कोशी सरकारविरुद्धको मुद्दाको फैसला पूर्ण इजलासमा

काठमाडौं, जेठ २३ : कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलाशमा पठाउने निर्णय गरेको हो।

Hardik ivf

सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट दायर गरेका थिए। पूर्ण इजलास २७ गतेबाट सुरु हुनेछ।

बुधबारको बहसका क्रममा विपक्षीका कानुन व्यावसायीले उपधारा ५ को ब्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासको पनि माग गरेका थिए। तर न्यायाधीश श्रेष्ठ र ढकालको इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाएको हो।

रिटमा प्रदेश प्रमुखले २६ वैशाखमा सरकार गठनका लागि गरेको आह्वान बदर, ७ वैशाखमा प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव बदर,  हिक्मत कार्कीको मुख्यन्त्रीमा भएको नियुक्ति बदर माग गरिएको छ।

जेठ ९ मा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो।

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्