सहकारी पीडितले पोखरामा प्रधानमन्त्रीलाई देखाए कालो झण्डा
माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका प्रधानमन्त्री दाहाललाई सूर्यदर्शन सहकारीपीडितले सभागृहअगाडि कालो झण्डा देखाएका हुन्।
कास्की, जेठ २३ : पोखराका सहकारी पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झण्डा देखाएका छन्।
माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका प्रधानमन्त्री दाहाललाई सूर्यदर्शन सहकारीपीडितले सभागृहअगाडि कालो झण्डा देखाएका हुन्।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई प्रहरीले धरपकड गरेको छ। प्रहरीले सहकारी पीडित संघर्ष समितिका संयोजक श्रेष्ठलाई लात्ताले हानेको बताइएको छ।
सोपछि सभागृह क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो।
प्रकाशित मिति: १४:२९ बजे, बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार