Kathmandu Press

‘बजेटहरू प्रस्तुत हुन्छ, आउँछ जान्छ, देशमा केही हुँदैन’

आजको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले हरेक वर्ष बजेटमा ठूला ठूला कुरा लेखिएपनि त्यसको कार्यान्वयन नहुने भन्दै बजेटहरु आउँछन् जान्छन् तर देशमा केही नहुने बताए।
‘बजेटहरू प्रस्तुत हुन्छ, आउँछ जान्छ, देशमा केही हुँदैन’

काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट जति नै आए पनि देशमा केही नहुने टिप्पणी गरेका छन्।

आजको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले हरेक वर्ष बजेटमा ठूला ठूला कुरा लेखिएपनि त्यसको कार्यान्वयन नहुने भन्दै बजेटहरु आउँछन् जान्छन् तर देशमा केही नहुने बताए।

Hardik ivf

‘बजेटहरु प्रस्तुत हुन्छन्, बजेटहरु आउँछन् जान्छन्, मुलुकमा केही हँुदैन। चाहे त्यो विष्णु पौडेल, जनार्दन शर्मा, प्रकाश शरण महत ल्याएको बजेट अथवा अहिले आएको बजेटको कुरा गरौं केही हुनेवाला छैन,’ उनले भने, ‘हरेक वर्ष बजेटमा ठूला कुरा आउने गरेको छ । कृषि मलको कारखाना, निमार्णका योजना धेरैपटक आए केही भयो कहाँ गयो त्यो सरकारको बचन।’

सांसद गिरीले उनले बजेटमा आवश्यक बजेट व्यवस्था, आवश्यक बजेट विनियम र आवश्यक रकम व्यवस्था गर्ने भन्ने तीन वटा शब्दहरु जस्तो तरिकाले प्रस्तुत गरिएको हुन्छ, त्यो व्यवहारमा कहिले पनि लागू नहुने बताए।

उनले बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न वृद्धा आश्रमको स्थापना गरिने बडो गहकिलो शब्द उल्लेख गरिएको बताउँदै उनले एक वर्षपछि यो बन्छ कि बन्दैन् आफूले हेर्ने बताए।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्