Kathmandu Press

अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

बुधबार प्रतिनिधिसभा बैठकमा यो वर्ष मनसुनबाट हुनसक्ने सम्भावित क्षति र जोखिमको विवरण उल्लेख गर्दै उनले गृहमन्त्रालय र मातहत निकाय मनसुनको सामना गर्न तयारी अवस्थामा रहेको बताए।
अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

काठमाडौं, जेठ २३ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा यो वर्ष मनसुनबाट हुनसक्ने सम्भावित क्षति र जोखिमको विवरण उल्लेख गर्दै उनले गृहमन्त्रालय र मातहत निकाय मनसुनको सामना गर्न तयारी अवस्थामा रहेको बताए।

Hardik ivf

यसका लागि निरन्तर एक महिना अघिबाटै मन्त्रालयले कार्ययोजना बनाइरहेको बताएका उनले कार्यकारी समितिको मंगलबार बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालय अन्र्तगतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको सहसचिवको नेतृत्वमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय गरेको जानकारी सदनलाई गराए।

जसमा सबै सुरक्षा निकाय र विपद व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन्।

‘कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्व तयारी र विपद्घा घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउन वान्स स्टप्स सेन्टरको रुपमा संयोजनकारी भूमिका खेल्ने छ,’ उनले भने, ‘यसै पोस्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैर सरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा पनि समन्वय गर्नेछ।’

मन्त्री लामिछानेले आवश्यक पर्दा कमाण्ड पोस्टले गृहमन्त्री देखि प्रधानमन्त्री सम्मलाई प्रतयक्ष समन्वयन गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको बताएका छन्।

विपद्का सूचना लिनदिन कमाण्ड पोस्टले आजैबाट काम थालिसकेको बताएका मन्त्री लामिछानेले चौविसै घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बर मनसुन नसकिँदासम्म चालु राख्ने जानकारी दिए।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्