तीनकुनेमा स्टाेरमा आगलागी हुँदा २ जना घाइते
आगलागीबाट सो स्टोरमा काम गर्ने धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ का २८ वर्षीय उदय श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।
काठमाडौं, जेठ २३ : तीनकुनेस्थित खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी हुँदा २ जना घाइते भएका छन्।
दिलिपकुमार साहले सञ्चालन गरेको ग्रुप अन ट्रेडिङ डिलरमा आगलागी भएको हो।
आगलागीबाट सो स्टोरमा काम गर्ने धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ का २८ वर्षीय उदय श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।
तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।
अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।
प्रकाशित मिति: १३:१२ बजे, बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार