Kathmandu Press

‘फोहर व्यवस्थापनमा उपयुक्त नीति नहुँदा सरकारलाई चुनौती बढेको छ’

उनले फोहोर व्यवस्थापन लागि उपयुक्त नीति नहुँदा घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाँउबाट निस्किने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको बताए।
‘फोहर व्यवस्थापनमा उपयुक्त नीति नहुँदा सरकारलाई चुनौती बढेको छ’

काठमाडौं, जेठ २३ : राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले फोहोर व्यवस्थापन गर्न उपयुक्त नीति नहँुदा सरकारलाई चुनौती बढेको बताएका छन्।

बुधबार काठमाडौंमा ‘फोहोर व्यवस्थापन र जलवायु सम्मेलन २०२४’ उद्घाटन कार्यक्रममा उनले फोहोर व्यवस्थापन लागि उपयुक्त नीति नहुँदा घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाँउबाट निस्किने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको बताए।

Hardik ivf

‘फोहोर व्यवस्थापनको व्यवस्थित नीति नहुँदा हाम्रो घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाउँबाट निस्कने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको छ,’ उनले भने, ‘हामीले घर, उद्योग, कलकारखाना र विभिन्न क्षेत्रबाट निस्कने फोहोर उचित रुपमा व्यवस्थापन गर्न सकेनौं भने स्वच्छ वातावरण निर्माण गर्न सक्दैनौं।’

उनले जलवायु परिवर्तन र फोहोर व्यवस्थापन विश्व समुदायकै लागि जटिल समस्या भएको भन्दै सबैले यसलाई साझा संकल्प बनाउन आवश्यक रहेको बताए।

‘जलवायु परिवर्तन र फोहोर व्यवस्थापन नेपालको मात्र समस्या होइन् । विश्व समुदायकै लागि जटिल समस्या बनेको छ। यसको लागि एउटा जिल्ला, राष्ट्र, देश होइन सिंगो विश्व समुदायले नै साझा संकल्प गर्न आवश्यक छ,’ उनले भने।

फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माण एकअर्कासँग सम्बन्धित विषय भएकामे बताउँदै उनले यसलाई छुट्टाएर हेर्नु नहुने बताए।

प्रकाशित मिति: १२:५० बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्