Kathmandu Press

‘चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुन्छ’

मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
‘चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुन्छ’

काठमाडौं, जेठ २३ : वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

Hardik ivf

बुधबार ललितपुरमा विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो । यो विषय केवल सरकार, गैरसरकारी संस्था वा सीमित व्यक्तिहरुको मात्र चासोको विषय होइन । वातावरण संरक्षण हाम्रो भविष्य र सन्ततिका लागि र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिहरुको संरक्षणका लागि अत्यावश्यक छ।’

उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधतामा आएको ह्रास जस्ता विविध समस्याका कारण वातावरणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सबैको एकता र सहकार्य अत्यावश्यक भएको बताए।

जलवायु परिवर्तनको असरबाट नेपालमा हिमाल पग्लिदै गैरहेको, नदीहरु सुक्न थालेको, वनमा डढेलो बढेको र त्यसले कृषिमा आधारित जनजीवन र जैविक विविधतामा गम्भीर असर पुर्याईरहेको भन्दै उनले यसको सामना गर्न दिगो विकासका सिद्धान्तलाई आत्मसाथ गर्नु जरुरी भएको बताए।

प्रकाशित मिति: ११:१९ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्