नेकपा एसले मधेश सरकार छाड्यो
समाजवादीबाट मधेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले राजीनामा दिएका छन्।
धनुषा, जेठ २२ : नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकार छाडेको छ ।
समाजवादीबाट मधेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले राजीनामा दिएका छन्।
दुवैजनाले मंगलबार साँझ मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा राजीनामा पत्र बुझाएका छन्।
सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार