Kathmandu Press

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

मुगु, जेठ २२ः कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदै गरेका एक व्यक्तिलाई मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको बताएको छ। प्रहरी नियन्त्रणमा परेका व्यक्तिको नाम नाम्गेल छिरिङ रहेको पनि प्रहरीले जनाएको छ।

Hardik ivf

छिरिङले बौद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरुमा ति बालबालिकालाई परिवारको सहमतीमै राखेर उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने हेतुले काठमाडौं लैजान लागेको दाबी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले बताए।
डिएसपी शाहीले भने, ‘बालबालिकाकालाई बौद्धलगायतका काठमाडौंका गुम्बाहरुमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ति व्यक्तिले देखाएको कागजमा उल्लेख छ। तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौं।’ 

हालसम्मको अनुसन्धानको क्रममा मानव बेचविखन भन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाइफकाई गरी ति बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौं लैजान लागिएको खुल्न आएको शाहीले जानकारी दिए। तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

‘हुम्ला र मुगुका २८ जना बालिबालिकालाई परिवारका सदस्यकै सहमतीमा पठाइएको देखिएको छ। दुई वाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ, तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन। उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरुले सहमतीमै पठाएको भन्दै लगातार फोन गरिरहेका छन्। तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौं’ उनले भने।
 

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, जेठ २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्