Kathmandu Press

एमसिसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेट

उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए। उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए।
एमसिसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेट

काठमाडौं, २२ जेठ : नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन्।

मन्त्री पुन र उपाध्यक्ष ब्रुक्स नेतृत्वको एसिसीको टोलीबीच सिंहदरबारस्थित मन्त्रालयमा भेट भएको हो।

Hardik ivf

भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा  सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘एमसिसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ,’ अर्थमन्त्री पुनले भने। एमसिसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्ड–खण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको बताए।

उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए। उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए।

एमसिसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र तीन सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ।

आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन पनि निर्माण गर्नेछ। तीन सय १५ किलोमिटर लामो ‘डबल सर्किट’ चार सय ‘किलोभोल्ट’ प्रसारण लाइन निर्माण हुनेछ।

आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भूमहीमा सब–स्टेसन निर्माणको काम प्रारम्भ भएको छ।

प्रकाशित मिति: १७:११ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्