Kathmandu Press

‘होस्टेल ३’ मा रिहान, पदम र सिम्रन जोडिए

तीन जना कलाकारको ‘होस्टल ३’ डेब्यू फिल्म हुनेछ। यसअघि फिल्ममा भिडियो कन्टेन्ट क्रिएटरका रुपमा परिचित पारस बम ‘कुल ब्वाइ’ अनुबन्धित भइसकेका छन्।
‘होस्टेल ३’ मा रिहान, पदम र सिम्रन जोडिए

काठमाडौं, जेठ २२ : निर्माणको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ।

तीन जना कलाकारको ‘होस्टल ३’ डेब्यू फिल्म हुनेछ। यसअघि फिल्ममा भिडियो कन्टेन्ट क्रिएटरका रुपमा परिचित पारस बम ‘कुल ब्वाइ’ अनुबन्धित भइसकेका छन्।

नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट रिहान भुटानी नेपालीभाषी भुटानी हुन्। फिल्ममा उनी ‘मानव’ पात्रका रुपमा देखिनेछन्।

त्यस्तै पदम सिक्किमका कमेडियन हुन्। उनी नेपालको पूर्वी क्षेत्रमा रुचाइएका कलाकार हुन् । फिल्ममा उनको पात्रको नाम ‘जिते’ रहनेछ । यस्तै सिम्रनले मुम्बई र नेपालमा अभिनयको प्रशिक्षण लिएकी छन् ।

फिल्म निर्देशक सशान कँडेलले होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथा फिल्ममा हुने बताए । फिल्म यसै वर्षको अन्त्यमा रिलिज हुनेछ।

फिल्ममा सशानको कथा, माधव शर्माको पटकथा तथा संवाद छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता, सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता तथा कर्ण कार्की लाइन प्रोड्युसर छन् ।

 

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्