राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजेपछि संसद बैठक स्थगित
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनले अर्थमन्त्री वर्षमान पुनको खोजी गरेपछि बैठक स्थगित भएको हो।
काठमाडौं, जेठ २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटको छलफल हुँदा अर्थमन्त्री उपस्थित हुनुपर्ने माग गरेपछि बैठक स्थगित भएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनले अर्थमन्त्री वर्षमान पुनको खोजी गरेपछि बैठक स्थगित भएको हो।
लिङ्देनले अर्थमन्त्रीको बिषयमा प्रश्न उठाएपछि उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराएकी थिइन्।
राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको हो । संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार