Kathmandu Press

‘यो कम्युनिस्टको ब्यारेक हो कि संसद्’

कोइरालाले कांग्रेसले सहकारीको विषय छानबिन समितिको माग गर्दै शान्तिपूर्ण रूपमा बेल घेराउ गर्दा गरिएको व्यवहारलाई लिएर तिखो टिप्पणी गरेकी हुन्।
‘यो कम्युनिस्टको ब्यारेक हो कि संसद्’

काठमाडौं, जेठ २२ : प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले प्रतिनिधि सभाको बैठक कम्युनिस्ट पार्टीको ‘ब्यारेक’ हो कि संसद् हो भन्दै प्रश्न उठाएकी छिन्।

कोइरालाले कांग्रेसले सहकारीको विषय छानबिन समितिको माग गर्दै शान्तिपूर्ण रूपमा बेल घेराउ गर्दा गरिएको व्यवहारलाई लिएर तिखो टिप्पणी गरेकी हुन्।

Hardik ivf

उनले संसद कम्युनिस्ट पार्टीको ब्यारेकको रूपमा देखिएको बताइन्। सांसद पौड्यालले सेक्युरिटी प्रिन्टिङ प्रेस, यति, ओम्नी, गिरिबन्धु प्रकरणमा छानबिन गर्न समेत माग गरिन्।

‘हामीले बेल घेराउका क्रममा देखिएको दृश्यले दुनियाँ हाँसेको छ । यो संसद् लोकतान्त्रिक मुलुकको संसद् थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो । त्यो मैले बुझ्न सकिनँ,’ उनले भनिन्।

उनले सहकारीको विषयमा छानबिन समिति गठन गर्न सफल भएको बताउँदै संसदले बनाएको कार्यविधि परिवर्तन गरिए मान्य नहुने र त्यसको मूल्य चुकाउनुपर्ने पनि बताइन्।

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्