Kathmandu Press

कांग्रेसले उत्ताउलोपन देखायो : योगेश भट्टराई

‘कांग्रेसको अनुहारमा कालो पोतिएको होला, ऐना पुसेर हुदैँन् । ऐना पुस्ने होइन पछिल्लो कालमा काङ्ग्रेसका साथीहरु ऐना फुटाउन तिरनै जानु भएको हो कि जस्तो लागेको छ,’ उनले अगाडि भने, ‘ऐना एक ठाँउको फुट्ला तर तल्लैपिछे, पसलै पिछे ऐना छन् त्यसैले सबै फुटाउन सकिदैँन्।’
कांग्रेसले उत्ताउलोपन देखायो : योगेश भट्टराई

काठमाडौं, जेठ २२ : नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको सुनाए।

Hardik ivf

‘कांग्रेसको तर्फबाट जुन खालका गतिविधिहरु भए, जुन खालको उत्ताउलो परिस्थिति सिर्जना भयो त्यो अचम्मलाग्दो छ। अघिल्लो दिनसम्म भगवान जस्तो प्रस्ताव गर्ने व्यक्ति भोलिपल्ट ८ बजे कसरी अपराधी हुन पुगेको होला?’ उनले सहकारी छानविन समिति निर्माणका क्रममा भएको गतिविधितर्फ लक्षित गर्दै भने।

सांसद भट्टराईले कांग्रेसका नेताहरु ऐना पुछेर सफा बनाउने भन्दापनि फुटाउनतर्फ लागेको औंल्याए।

‘कांग्रेसको अनुहारमा कालो पोतिएको होला, ऐना पुसेर हुदैँन् । ऐना पुस्ने होइन पछिल्लो कालमा काङ्ग्रेसका साथीहरु ऐना फुटाउन तिरनै जानु भएको हो कि जस्तो लागेको छ,’ उनले अगाडि भने, ‘ऐना एक ठाँउको फुट्ला तर तल्लैपिछे, पसलै पिछे ऐना छन् त्यसैले सबै फुटाउन सकिदैँन्।’

विगतमा भएका अनियमितता र भ्रष्टाचार प्रकरणको छानविन हुनुपर्ने बताउँदै उनले भने, ‘०४६ सालपछि अथवा अगाडि कुन कुन बेलाको छानबिन गर्नुपर्ने हो एमाले प्रत्येक छानबिनको लागि तयार छ । टेरामक्स, एनसेल, बासबारी कहाँको गर्ने हो एमाले तयार छ।’

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्