Kathmandu Press

काठमाडौंमा भइरहेको वर्षा उत्तरपूर्वतर्फ सर्दै

विभागका अनुसार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको हो। विभागका अनुसार काठमाडौंमाअझै केही घण्टा वर्षा हुनेछ । त्यसपछि विस्तारै पानी काभ्रे हुँदै पूर्वतर्फ अघि बढ्ने छ।
काठमाडौंमा भइरहेको वर्षा उत्तरपूर्वतर्फ सर्दै

काठमाडौं, जेठ २२ : काठमाडौंमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। पश्चिमी भू–भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको हो। विभागका अनुसार काठमाडौंमाअझै केही घण्टा वर्षा हुनेछ । त्यसपछि विस्तारै पानी काभ्रे हुँदै पूर्वतर्फ अघि बढ्ने छ।

Hardik ivf

बुटवल–चितवनबाट विकास भएको स्थानीय प्रणाली काठमाडौंसम्म आइपुगेको हो। डेढ दुई घण्टाअगाडि बुटवल र चितवनमा विकास भएको स्थानीय वायुको प्रणाली सर्दै काठमाडौं आइपुगेको हो।

‘हाल गण्डकी, बागमती र मधेश प्रदेशमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकसीत भई यी प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखी मध्यम वर्षा भईरहेको छ र  उत्तरपूर्वी भू–भागतिर सर्ने क्रममा रहेको हुंदा सतर्क र सचेत रहौं,’ विभागले भनेको छ।

यस वर्षको मनसुन हाल (३१ मे २०२४) भारतको उत्तर पूर्वी भू –भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको थियो।

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्