Kathmandu Press

भारतमा भाजपा नेतृत्वको एनडिएले सरकार बनाउने आँकलन

लोकसभा प्रारम्भिक नतिजामा एनडीए २६० र भारतीय कांग्रेस नेतृत्वको गठवन्धन १७८ सिटमा अगाडि देखिएको छ। चार सय ५७ सीटको गणना हुँदै गर्दा एनडीए २ सय ६०, कांग्रेस नेतृत्वको गठबन्धन १ सय ७८ सिटमा अगाडि देखिएको छ।
भारतमा भाजपा नेतृत्वको एनडिएले सरकार बनाउने आँकलन

नयाँ दिल्ली, जेठ २२ : भारतमा लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएको छ। मतगणनासँगै प्रारम्भिक नतिजा पनि आउन थालेको छ।

प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टीको एनडीए अगाडि देखिएको छ। लोकसभा प्रारम्भिक नतिजामा एनडीए २६० र भारतीय कांग्रेस नेतृत्वको गठवन्धन १७८ सिटमा अगाडि देखिएको छ। चार सय ५७ सीटको गणना हुँदै गर्दा एनडीए २ सय ६०, कांग्रेस नेतृत्वको गठबन्धन १ सय ७८ सिटमा अगाडि देखिएको छ।

Hardik ivf

यस्तै, तृणमुल कांग्रेस १७ र अन्य दल २ सिटमा अगाडि छन् । सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनसँग ३५३ सिट थियो । प्रारम्भिक मतगणनामा भाजपा एक्लैले बहुमत कायम राख्न नसके पनि एनडीएले सरकार बनाउन सक्ने आँकलन गरिएको छ।

अहिलेसम्मको मत गणनामा भाजपा एक्लै २४१ सिटमा अगाडि देखिएको छ। भाजपाले १ सिट जितिसकेको छ। बहुमतको सरकार बनाउनका लागि २७२ सिट आवश्यक पर्छ।

यसैबीच राजधानी दिल्लीका सातवटै सिटमा कांग्रेस र आम आद्मी पार्टीलाई पछि पार्दै भाजपा अघि छ। विभिन्न सर्वेक्षणहरुले भाजपाको नेतृत्वमा एनडिएको सरकार बन्ने दाबी गरेका छन्।  

 

 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्