Kathmandu Press

राष्ट्रिय सरकार बनाउन कांग्रेस सांसद गौतमको माग

‘यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ? मलाई लाग्दैन। हामी अनावश्यक समय खेर फाल्दैछौँ। देश बर्बाद पार्दैछौँ। जुन राज्यमा शासकहरु भ्रष्ट, व्यभिचारी हुन्छन्, लेस मात्रै पनि नैतिक आचरण हुँदैन, त्यो राज्यका कर्मचारी कस्ता हुन्छन् ?,’ सांसद गौतमले भने।
राष्ट्रिय सरकार बनाउन कांग्रेस सांसद गौतमको माग

काठमाडौं, जेठ २२ : प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउन माग गरेका छन्।

संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने भनाई सांसद गौतमको छ। गौतमले यही अवस्थामा संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको पनि बताए।

Hardik ivf

‘यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ? मलाई लाग्दैन। हामी अनावश्यक समय खेर फाल्दैछौँ। देश बर्बाद पार्दैछौँ। जुन राज्यमा शासकहरु भ्रष्ट, व्यभिचारी हुन्छन्, लेस मात्रै पनि नैतिक आचरण हुँदैन, त्यो राज्यका कर्मचारी कस्ता हुन्छन् ?,’ सांसद गौतमले भने।

यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको बताउँदै गौतमले संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने भनजाई पनि राखे।

‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ। देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ,’ उनले भने, ‘यही संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सक्छौँ । बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौं। र यो संविधानलाई संशोधन गरौं।’

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्