Kathmandu Press

पर्वतारोही निर्मल पुर्जालाई नेपाल आउन रोक लगाइयोस् : सांसद बजगाईं

सांसद बजगाँईले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पूर्जामाथि लगाएको, पूर्जा आफैंले नेपाली शेर्पाहरुलाई हिमालमा डोरी काटेको आरोप लगाएको तथा उनले दोहोरो नागरिकता प्रयोग गरेर नेपाल आउजाउ गरेको एवम हिमाल आरोहण गरेको कारण देखाउँदै पूर्जालाई नेपाल आउन रोक लगाउन माग गरेका हुन्।
पर्वतारोही निर्मल पुर्जालाई नेपाल आउन रोक लगाइयोस् : सांसद बजगाईं

काठमाडौं, जेठ २२ : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगार्इंले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन्।

मंगलबार संघीय संसद्को प्रतिनिधिसभा बैठकमा सांसद बजगाँईले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पूर्जामाथि लगाएको, पूर्जा आफैंले नेपाली शेर्पाहरुलाई हिमालमा डोरी काटेको आरोप लगाएको तथा उनले दोहोरो नागरिकता प्रयोग गरेर नेपाल आउजाउ गरेको एवम हिमाल आरोहण गरेको कारण देखाउँदै पूर्जालाई नेपाल आउन रोक लगाउन माग गरेका हुन्।

Hardik ivf

‘जुन ३ मा न्युयोर्क टाइम्सले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टालाई निर्माल पूर्जा (निम्स दाई) ले यौन दुव्र्यवहार गर्यो भनेर समाचार छापेको थियो। यो नेपालको लागि असाध्यै नराम्रो समाचार हो,’ उनले भने, ‘उनी कहिले डोरी टाँङ्ने शेर्पाहरुलाई डोरी काट्यो भनेर नेपालको बद्नामा गरिरहन्छन, कहिले नेपाली नागरिकतामा हिमाल चढ्छन र पछि मात्र नागरिकता सरेन्डर गर्छन्। यस्ता व्यक्तिलाई सरकार वा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुप¥यो।
 
पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले उनी हिमाल चढ्न नेपाल आएका बेला काठमाडौंको एक होटलमा पुर्जाले यौन दुव्यर्वहार गरेको भनेर द न्यूयोर्क टाइम्ससँगको कुराकानीमा हिन्स्टाले बताएकी थिइन्।

हिन्स्टाले त्यसअघि आफ्नो पुस्तकमा पुर्जाको नाम उल्लेख नगरी आफ्नो सहमतिबिना एक व्यक्तिले चुम्बन गरेको उल्लेख गरेकी थिइन्। तर न्युयोर्क टाइम्सको कुराकानीमा भने ती व्यक्ति पुर्जा नै रहेको हिन्स्टाले बताएकी थिइन्।

निम्स नामले चिनिने पुर्जामाथि सन् २०२१ मा नेटफ्ल्क्सिले डकुमेन्ट्री नै बनाएको थियो।

 

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्