Kathmandu Press

भारतमा एक नेपालीको मृत्यु, पुल नखाेल्दा शव ल्याउन समस्या

दार्चुला, चैत १९ : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ।

दार्चुलाको मार्मा गाउँपालिका&n....

भारतमा एक नेपालीको मृत्यु, पुल नखाेल्दा शव ल्याउन समस्या

दार्चुला, चैत १९ : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ।

दार्चुलाको मार्मा गाउँपालिका–२ का ४२ वर्षीय अगबरसिंह ठगुन्नाको पुलबाट खसेर मृत्यु भएको परिवारजनले बताएका छन्। लकडाउनका कारण घर फर्किन लागेका ठगुन्नाको मदकोट झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको जनाएको छ

गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको खबर आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए।

नेपाल र भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन्। मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, 'हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौं, नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुलाउने व्यवस्था गराइदिनुप¥यो।'

महाकालीको पुल नखोल्दा शव ल्याउन नसकिएको उनले बताए। दार्चुलाको महाकालीमाथिको पुल नखोल्दा तीन दिनदेखि सयौं नेपाली मजदूर महाकाली पारी धार्चुलामै रोकिएका छन्। कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा दार्चुला प्रशासनले पुल खोलेको छैन। (रासस)

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, चैत १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्