‘गाउँ आएको बाटो’ प्रिमियरका लागि नेपाल आइन् संगीतकार ली
लीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन्।काठमाडौं, जेठ ११ : दयाहाङ राई स्टारर फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरका लागि संगीतकार हाइडी ली नेपाल आएकी छिन्। फिल्ममा पाश्र्व ध्वनीमा काम गरेकी लि सोमबार दिउँसो इटालीबाट नेपाल आएकी हुन्।
लीले फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी छिन्। लीको यो तेस्रो नेपाल भ्रमण हो। यसअघि उनी फिल्मको गीतमा संगीत भर्न र अनुसन्धानका लागि नेपाल आएकी थिइन्।
लीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन्। फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन्।
फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ। उनी आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित छिन् ।
‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखायौं । यो फिल्म जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु,ुहाइडीले भनिन्, ‘म नेपाली होइन तर, पनि मैले नेपालको यस्तो फिल्ममा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु।’
दयाहाङसँगै पशुपति राई र प्रसन्न राईको मूख्य भूमिका रहेको फिल्मको बुधबार बिग मुभिजमा प्रिमियर गरिनेछ। फिल्म जेठ २५ देखि प्रदर्शनमा आउँदैछ।