Kathmandu Press

कोरोना उपचार गर्न देशभर ताेकिए अस्पताल (सूचीसहित)

काठमाडौं, चैत १९ : कोरोना भाइरससँग सम्बन्धित उपचारका लागि सरकारले अस्पताल तोकेको छ। सरकारले विशेष, हब अस्पतालसँगै जिल्ला अस्पताललाई उपचारका लागि तोकेक....

कोरोना उपचार गर्न देशभर ताेकिए अस्पताल (सूचीसहित)

काठमाडौं, चैत १९ : कोरोना भाइरससँग सम्बन्धित उपचारका लागि सरकारले अस्पताल तोकेको छ। सरकारले विशेष, हब अस्पतालसँगै जिल्ला अस्पताललाई उपचारका लागि तोकेको हो।

स्वास्थ्य मन्त्रालय जारी गरेको सूचिमा काठमाडौं उपत्यकाका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र सैनिक अस्पताललाई विशेष अस्पतालका रुपमा तोेकेको छ।

त्यस्तै, प्रदेशमा प्रादेशिक अस्पतालाई विशेष उपचारका लागि तोकेको छ। जसमा प्रदेश १ मा मेची अस्पताल र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पताल, बागमतीमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पतालाई विशेष अस्पताल तोेकेको छ।

त्यस्तै, प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णालीमा सुर्खेत र दैलेख अस्पताल तथा सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताललाई विशेष अस्पताल तोेकेको छ।

त्यस्तै, सबै प्रदेशमा हब अस्पताल तोकेर डाक्टर पनि खटाएको छ। यससँगै सबै जिल्ला अस्पतालमा पनि कोरोनासँग सम्बन्धित समस्याको उपचार गर्ने गरि तोकेको छ।

कोरोनासँग सम्बन्धित उपचारका लागि तोकिएका अस्पताल :

प्रकाशित मिति: १०:४८ बजे, बुधबार, चैत १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्