Kathmandu Press

‘लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन’

गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताए।
‘लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन’

काठमाडौं, जेठ २१ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन्।

राष्ट्रिय समाचार समितिद्वारा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति डा. यादवले संसारमा भएका शासन प्रणालीमध्ये संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए।

Hardik ivf

जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रुपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्णरुपमा काम गर्नुपर्नेमा जोड दिए।

गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताए।

‘गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको छ। तर पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्नेछ। जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्छ,’ उनले भने।

राजनीतिक व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले द्वन्द्व भएको मुलुकमा आर्थिक व्यवस्था राम्रो भएन भने पुनरावृत्ति हुनसक्ने पाटोमा ध्यान दिनुपर्ने बताए।

जुन देशमा शिक्षाको विकास हुन्छ त्यो देश अरु क्षेत्रमा योजनाबद्धरुपमा अघि बढ्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले राजनीतिक, आर्थिक र सामाजिक विकासले लोकतन्त्रको गतिलाई निर्धारण गर्ने उनको भनाई थियो।

लोकतन्त्रको जहाज जस्तो चुनौतीका बाबजूद पनि परिपक्क ढङ्गले अघि बढिरहेको भन्दै पूर्वराष्ट्रपति डा यादवले लोकतान्त्रिक व्यवस्थामा हतारमा काम र छिटो परिणाम प्राप्त नहुने भएकाले राजनीतिक दलको दुरदर्शिताको खाँचो औंल्याए।

प्रकाशित मिति: २१:१२ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्