Kathmandu Press

‘युवाको चिन्तन सकारात्मक हुनुपर्छ’

रोजगारी र उत्पादनमूलक काममा ध्यान नदिएर आरामको जीवन मात्रै बिताउन चाहनेको जमात बढेको उनले बताए।
‘युवाको चिन्तन सकारात्मक हुनुपर्छ’

काठमाडौं, जेठ २१ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले युवापुस्ताको चिन्ता सकारात्मक भएमात्रै मुलुकले समृद्धितर्फ फड्को मार्न सहज हुने बताएका छन्।

मन्त्रालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले बैंक ऋणको किस्ता तिर्न नसक्दा मनपरी बोल्ने जनशक्ति तयार भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

Hardik ivf

रोजगारी र उत्पादनमूलक काममा ध्यान नदिएर आरामको जीवन मात्रै बिताउन चाहनेको जमात बढेको उनले बताए।

‘बैंकको ऋण खाएर किस्ता तिर्न नसक्दा नेपाल नै जिम्मा लगाउनुपर्छ भन्ने, गाडी सस्तोमा किन्नुप¥यो भने पनि त्यही भन्ने जनशक्ति तयार भएको छ,’ उनले भने, ‘अहिले यो मुलुकमा यो सबै स्थिति उचित शिक्षा दिन नसकेको कारण हो।’

उनले रक्षा मन्त्रालयका कामहरु सार्वजनिक नभए पनि प्रगति भने धेरै भएको जिकिर गर ।  विगतका दिनहरुमा भएका खुट्टा अल्झाउने व्यवस्थालाई लिएर वर्तमान समयमा समेत प्रश्न उठ्ने गरेको उनको गुनासो छ।

मन्त्री उप्रेतीले गाउँमा अहिले लागुऔषधको डढेलो लागेको भन्दै जसकोे नियन्त्रण सरकारले पनि गर्न नसक्ने स्थिति सृजना भएको बताए।

गाउँमा एउटा योग्य र सज्जन मान्छे बस्न अब नसक्ने स्थिति रहेको भन्दै यो पुस्ताले देशलाई कहाँ पु¥याउने भन्ने चिन्ताको विषय रहेको उनको भनाइ छ।

 

प्रकाशित मिति: २०:१५ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्