Kathmandu Press

राष्ट्रिसभामा राजस्व र व्ययमाथि छलफल जारी

राष्ट्रिसभामा राजस्व र व्ययमाथि छलफल जारी

काठमाडौं, जेठ २१ः राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहेको छ।

राष्ट्रियसभाको आजको बैठकमा उक्त छलफलमा बजेटले निजी क्षेत्र, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा राम्रो भएको र कार्यान्वयन गर्ने पाटोमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ।

नेकपा (माओवादी केन्द्र्)का सांसद विष्णुबहादुर विश्वकर्माले कृषिमा आत्मनिर्भर बनाउन, कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइएको हुनाले समग्रमा राम्रो बजेट आएको बताए।

Hardik ivf

नेकपा (एमाले)की सांसद सुमित्रा विसीले बजेट आफैमा राम्रो भए पनि सोचेअनुरुप स्वदेशमै रोजगार र युवालाई स्वदेशमै राख्ने खालको आशावादी काम नभएको बताइन्। एमालेकै सांसद सोनाम गेल्जेन शेर्पाले देशको दिगो विकास र संघीय प्रणालीलाई सुधार गर्ने खालको बजेट भए पनि संघीयता सबलीकरणमा ध्यान दिन जरुरी भएको बताए।

नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमल्सिनाले सरकारले नीति ल्याउँदा राम्रो ल्याए पनि युवाहरुलाई धितो राखी राखी विदेश पठाउने काम आफूलाई ठीक नलागेको सुझाव दिइन्।

माओवादी केन्द्रका तारामान स्वाँरले आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष सबैलाई समेटिएको भए पनि सुदूरपश्चिममा आशा जगाउने खालको नभएको बताए।

नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले सरकारले नयाँ रोजगारीका उद्योगहरुको सञ्चालन गर्ने र दैनिक विदेशिएका युवालाई स्वदेशमा रोक्ने खालको बजेट भएको बताइन्।

नेकपा एसकी सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बजेटमा राम्रो नभएको र युवालाई रिट दिएर विदेश पठाउने काम राम्रो नभएको बताइन्।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले बजेटले प्राथमिकता र रुपान्तरणमा ध्यान दिएको नदेखिएको र पर्यटकको क्षेत्रमा समेत उल्लेखनीय बजेट नभएको सुझाव दिए। एमालेकी सांसद रुक्मिणी कोइरालाले सरकारले ल्याएको बजेट समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा गर्ने खालको भएको र अर्थतन्त्रको सुधार गर्ने खालको भएको बताइन्।

माओवादीकी सांसद मनरुपा शर्माले नीति क्षेत्रको मनोबल बढाउने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने खालको भएको र बजेटले समग्र देश तथा देशवासीको हितमा रहेको धारणा राखिन्। माओवादीकै कृष्णप्रसाद अधिकारीले सूचना प्रविधि, उद्योगिक विकास, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा बजेटले मार्ग कोरेको बताए।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज जारी रहेको छ। राष्ट्रियसभाको अर्को बैठक यही जेठ २२ गते मंगलबार १ः१५ बजे बस्नेछ। मंगलबार पनि बजेट माथिको छलफल जारी रहनेछ।

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्