Kathmandu Press

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार मुद्दा

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २१ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

ललितपुरको लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो। मेयर महर्जनसहित चारजना कर्मचारी र नौजना क्रसर सञ्चालकलाई भ्रष्टाचारमा प्रतिवादी बनाइएको छ।

Hardik ivf

आपसी मिलेमोतोमा १ अर्ब ४ करोड रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप भ्रष्टाचारको बिगो असुल गरी सजाय माग गरिएको छ।

अभियोगपत्रमा लेले र नल्लुका ढुंगाखानीमा भएको भ्रष्टाचारको पाँचवटा छुट्टाछुट्टै मुद्दा विशेष अदालतमा पेश गरिएको छ।

प्रकाशित मिति: १७:११ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्