Kathmandu Press

भारतमा दुई सातामै कोरोना संक्रमित एक सयबाट १६ सय

काठमाडौं, चैत १९ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ। दुई सातामै कोरोनाको संक्रमितको संख्या एक सयबाट एक हजार ६ सय पुगेका छन्।

....
भारतमा दुई सातामै कोरोना संक्रमित एक सयबाट १६ सय

काठमाडौं, चैत १९ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ। दुई सातामै कोरोनाको संक्रमितको संख्या एक सयबाट एक हजार ६ सय पुगेका छन्।

नेपालमा जस्तै भारतमा पनि कोरोनाको पहिलो संक्रमण दुई महीना अघि एक जनामा देखिएको थियो। सरकारले वास्ता नगर्दा संक्रमण बढ्दै गएर दुई साता अघि एक पुगेको थियो।

पछिल्लो दुई सातामा भने दोब्बरका हिसाबले संक्रमण देखिन थालेको छ। गत २४ घन्टामा मात्रै थप तीन सय १५ जनामा संक्रमण देखिएको छ। अब भारतमा संक्रमितको संख्या एक हजार ६ सय १८ पुगेको छ।

भारतमा पहिलो संक्रमण जनवरी ३० मा देखिएको थियो। त्यसको एक महीनापछि मार्च १ मा तीन जनामा संक्रमण देखिएको थियो । त्यसको सात दिनपछि मार्च ८ मा कोरोना संक्रमितको संख्या ३४ पुगेको थियो।

त्यसपछि प्रत्येक साता दोब्बरले बढ्दै आएको छ। यो संख्या मार्च १६ मा एक सय सात पुगेको थियो भने मार्च २३ मा चार सय ८० पुगेको थियो। र, आज बिहानसम्म एक हजार ६ सय १८ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म सबैभन्दा बढी महराष्ट्रमा ८७ जनामा कोरोना देखिएको छ। त्यस्तै, तमिलनाडुमा ५७ र दिल्लीमा २३ जनामा कोरोानाको पुष्टि भएको छ। नेपालसँग सीमा जोडिएका सबै प्रदेशमा पनि कोरोना देखिएको छ।

विश्व स्वास्थ्य संगठनले नेपालमा जस्तै भारतमा पनि परीक्षण बढाउन आग्रह गरेको थियो। तर, न त भारतले परीक्षण बढाएका छ, न नेपालले। भारतमा भने अस्पताल पुगेकाहरुमा यो संक्रमण देखिएको हो। भारतमा यहि गतिमा बढ्दै गए भयानक अवस्था आउने विज्ञहरुले चेतावनी दिएका छन्।

प्रकाशित मिति: १०:१२ बजे, बुधबार, चैत १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्