Kathmandu Press

महानगरले फुटपाथ बनाउन भत्काएको बाटोमा सडक विभागको कालोपत्रे

महानगरले फुटपाथ बनाउन भत्काएको बाटोमा सडक विभागको कालोपत्रे

काठमाडौं, जेठ २१ः न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि दुई निकायबिच विवाद बढेको छ। कार्यालयले सडक कालोपत्रे गर्न लागेपछि महानगरको प्रहरीले अवरोध गरेका छन्।

सोमबार महानगरले फुटपाथ विस्तारका लागि भत्काएको सडकमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि महानगरपालिकाले हस्तक्षेप गरेको हो। महानगरका प्रहरीले सडक कालोपत्रे कार्यमा बाधा पुर्याउन कालोपत्रे रोक्ने कार्यमा नगर प्रहरीले हस्तक्षेप गर्न खोजेका थिए।

Hardik ivf

सोही क्रममा सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिबिना महानगरपालिकाले सडक भत्काएकाले आफूहरुले कालोपत्रे गर्न थालेको बताए।

‘यो सडक हामीले हेर्ने हो। यसको मर्मत पनि हामीले नै गर्दै आएका छौं। कुनै निकायले कुनै गतिविधि गर्दा हामीसँग समन्वय गरेर गर्नुपर्छ। हामीसँग अनुमति लिनुपर्छ। यो हाम्रो कार्यक्षेत्र हो यहाँ हाम्रो अनुमतिबिना कुनै पनि कामहरु गर्न पाइँदैन। सडक बिग्रिएको हुनाले यसको मर्मत गर्न आएका हौं,’ उनले भने।

विवाद मिलाउन नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल पनि भएको थियो।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेर सडक भत्काउने काम थालेको थियो। सोहि विषयमा महानगर र सडक विभागबीच पत्र काट्नेदेखि तथा स्पष्टीकरण माग्नेसम्मको तनावको स्थिति पैदा भएको थियो।

प्रकाशित मिति: १५:२१ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्