गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु, सात घाइते
ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको छ।गुल्मी, जेठ २१ : गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार जीप अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ।
प्रकाशित मिति: १३:३९ बजे, सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपीनको रिहाइका लागि अधिकतम पहल भएको छ : परराष्ट्रमन्त्री राणासोमबार, पुस २९, २०८१
नेप्से दोहोरो अंकले घट्यो, साढे ६ अर्बको कारोबारसोमबार, पुस २९, २०८१
‘प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन्’सोमबार, पुस २९, २०८१
देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभासोमबार, पुस २९, २०८१