गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिन्छ : सांसद गुरुङ
सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निमार्ण गर्नुपर्ने बताए।
काठमाडौं, जेठ २१ : पूर्वमन्त्री धनराज गुरुङले गाँजा खेतीको सन्दर्भमा कानून निर्माण गर्ने कुरा पहिलादेखि नै उठाउँदै आइरहेको भन्दै गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौं भने २ खर्ब राजश्व वृद्धि हुने बताए।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजालाई औषधीजन्य वस्तुको रुपमा प्रयोग गर्नुपर्ने बताए।
‘गाँजा खेतीलाई औषधीजन्य वस्तुको रुपमा यसको प्रवद्र्धन गर्नुपर्छ। यसलाई प्रतिबन्ध लगाउने कुरा गलत भइरहेको छ त्यसकारणले गर्दा यसलाई औषधी बनाउनको लागि गाँजा खेती गर्न सक्छौं,’ उनले भने, ‘हामीले गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौ भने २ खर्ब आजको लिनमा राजश्व वृद्धि हुन्छ। यसतर्फ पनि ध्यान दिनुपर्छ।’
सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निमार्ण गर्नुपर्ने बताए।
‘सत्तामा हुदाँ मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने होइन्। यस्तो दृष्टिकोणसहित हामी अगाडि बढौं,’ उलने भने, ‘योजनाहरु बनाउ र अगाठि बढौं म निवेदन गर्न चाहन्छु । अर्थ मन्त्री त परिवर्तन भइ रहन्छ अब नेपाली जनताको जीवन परिवर्तन गर्ने प्रण गरौं।’
उनले राजश्व वृद्धि गर्न गाह्रोे छ, गाह्रो छ भनेर बसेर नहुने भन्दै यसलाई कसरी सजिलो बनाउन सकिन्छ त्यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताए।
घरेलु मदिरा सम्बन्धी पनि कानून बनाएर यसलाई व्यवस्थापन गर्न सक्यांै भने थप अर्को २ खर्ब रुपैयाँ राजश्व उठ्ने भन्दै यही पैसा भएपनि छैन भन्ने अनि हात थाप्ने बानीले बसेको पनि उनको भनाइ छ।












