प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको हो।
काठमाडौं, जेठ २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको हो। पछिल्लो समसामयिक राजनीतिको विषयमा छलफल भएको जनाइएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भिन्नै भेटेका थिए।
प्रधानमन्त्री दाहालले माधव नेपाललाई जनमत नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरे पनि नेपालले पार्टीमा छलफलपछि मात्रै निर्णय हुने बताएका थिए।
प्रकाशित मिति: १३:०७ बजे, सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












