श्रमधान रोजगार मेलामा स्वास्थ्य व्यवसायी महासंघको स्वास्थ्य शिविर
महासंघका अध्यक्ष कैलाश खड्काले सातै प्रदेशमा स्वास्थ्य शिविर राखेर श्रमधान रोजगारमा मेलामा आउनेहरुलाई स्वास्थ्य सेवा दिइरहेको बताए।काठमाडौं, जेठ २१ : नेपाल स्वास्थ्य व्यवसायी महासंघले सरकारले सातै प्रदेशमा सुरु गरेको श्रमाधान रोजगार मेलामा स्वास्थ्य शिविर सञ्चालन गरेर अवलोकनकर्ता र सेवाग्राहीलाई सुविधा दिएको छ ।
विराटनगर, पोखरा र जनकपुरधाममा आजदेखि सुरु भएको उक्त मेलामा महासंघले स्वास्थ्य शिविर राखे र सेवा दिइरहेको छ। शिविरमा निस्शुल्क स्वास्थ्य परीक्षण र आधारभुत औषधि वितरण भइरहेको छ।
महासंघका अध्यक्ष कैलाश खड्काले सातै प्रदेशमा स्वास्थ्य शिविर राखेर श्रमधान रोजगारमा मेलामा आउनेहरुलाई स्वास्थ्य सेवा दिइरहेको बताए।
उनका अनुसार शिविरमा डा। पर्शुराम घिमिरेको नेतृत्वमा ७ वटै प्रदेशमा चिकित्सकसहितको टोली परिचालन गरिएको छ । सातै प्रदेशमा आयोजना भइरहेको श्रमाधान रोजगार मेलामा स्वास्थ्य शिविर आयोजना हुने खड्काले बताए । विराटनगर र जनकपुरको उक्त मेलामा भव्यताको साथ सफल भएको पनि खड्काले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा जेठ १७ गते कोशीबाट श्रमाधान रोजगार मेला सुरु भएको थियो । यो मेला हरेक प्रदेशमा दुई दिन चल्ने छ ।
कोशीमा भएको शिविरमा २ सय जनाको परीक्षण भएको थियो । यो श्रमधाम रोजगार मेला पोखरामा आज र भोली, वुटवलमा २३ र २४, धनगढीमा २५ र २६, सुर्खेतमा २७ र २८ र बागमतिको ललितपुरमा २९ र ३० मा हुँदैछ ।
महासंघले विगत १९ बर्षदेखि विभिन्न सामाजिक अभियानहरु संचालन गर्दै आएको छ ।