Kathmandu Press

काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएको बाटो सडक डिभिजनले कालोपत्रे गर्‍यो

भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो।
काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएको बाटो सडक डिभिजनले कालोपत्रे गर्‍यो

काठमाडौं, जेठ २१ : फुटपाथ बढाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ। भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो।

सोमबार बिहानैदेखि सडक डिभिजन कार्यालयका कर्मचारी न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्र गर्न खटिएका छन्।

Hardik ivf

कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले महानगरले काटेर अलपत्र र अस्तव्यस्त भएपछि सडक कालोपत्र गरिएको बताए। सडक बनाउन महानगरलाई भने पनि २ दिनसम्म कुनै जवाफ नआएपछि बर्खाको समय सडक अस्तव्यत भएपनि सडक पिच गरिएकोृ उनले बताए।

महानगरले भने पैदलयात्रीलाई अप्ठेरो भएको भन्दै फुटपाथ क्षेत्र बढाउन सडक काटिएको दाबी गर्दै आएको छ।

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्