Kathmandu Press

कोशीमा आगामी वर्षको नीति कार्यक्रम आज 

आव २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।
कोशीमा आगामी वर्षको नीति कार्यक्रम आज 

काठमाडौं, जेठ २१ : कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

आव २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।

Hardik ivf

यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो । कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक बहिस्कार गरेको थियो।

आजको बैठकमा महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति समेत प्रदान गरेको छ।
 

प्रकाशित मिति: ०८:०४ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्