पूर्वसहसचिव सावित्री राजभण्डारी सर्वोच्चबाट भ्रष्टाचारी ठहर
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतकै फैसला सदर गदैं भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको हो।
काठमाडौं, जेठ २० : सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोगमा पूर्वसहसचिव सावित्री राजभण्डारीलाई सजाय हुने ठहर गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतकै फैसला सदर गदैं भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको हो।
यसअघि विशेषबाट राजभण्डारीलाई भ्रष्टाचार अभियोगमा १ वर्ष कैद र २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने गरी सजाय किटान गरिएको थियो। उनी सावित्री निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अच्युतनारायण राजभण्डारीकी श्रीमती हुन्।
भण्डारीले २०२२ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्।
भण्डारीसँगै भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति बैंकमा लुकाउने छिपाउने कार्यमा संलग्नताको अभियोगमा उनकी छोरी मोनिसा राजभण्डारी बस्नेत पनि दोषी ठहर भएकी छन्।
भण्डारीले विशेषको फैसलाविरुद्ध २०७० मंसिर २७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेकी थिइन्।












