Kathmandu Press

पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ मा फैसला सुनाइने

सर्वोच्चमा भएको सुनुवाइपछि न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले फैसला सुनाउन १३ साउनको मिति तय गरेको हो।
पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ मा फैसला सुनाइने

काठमाडौं, जेठ २० : पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सर्वोच्च अदालतले आगामी १३ साउनमा फैसला सुनाउने मिति तय गरेको छ।

सर्वोच्चमा भएको सुनुवाइपछि न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले फैसला सुनाउन १३ साउनको मिति तय गरेको हो।

Hardik ivf

आइतबार दुवै पक्षको सुनुवाइ सकेर सर्वोच्चले २१ असारसम्म पक्ष विपक्षका कानुनव्यवसायीलाई बहसनोट पेश गर्न आदेश दिएको छ । जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा गत १ जेठदेखि निरन्तर सुनुवाइ भइरहेको छ।

जोशीविरुद्ध अख्तियारले १८ पुस, २०६० सालमा गैरकानूनी सम्पत्ति आर्जन गरेको असभयोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थिया । अख्तियारले जोशीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएका छ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ सालमा जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेषको फैसला विरुद्ध जोशीले सर्वोच्चमा पुनरावेदन दिएका हुन्।

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्