८ अर्ब ठगी आरोप पक्राउ परेका लामा भन्छन्– तपाईंहरुले पनि चिन्नुपर्छ, फोटो राम्रोसँग खिच्नुस्
‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु। तपाईँहरूले पनि त चिन्नुप¥यो। राम्रोसँग फोटो खिच्नुस्। अब चाहीँ मैंले न्याय पाउँछु जस्तो लागेको छ,’ उनले भले भने, ‘मलाई आश छ तपाईहरुले सत्यतथ्य समाचार सम्पे्रषण गरेर मलाई न्याय दिनुहुन्छ। प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ।’
काठमाडौं, जेठ २० : सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ।
शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो।
कान्तिपुर सहकारीको पूर्वअध्यक्ष र पशुपति सहकारीका अध्यक्ष लामाविरुद्ध दुवै सहकारीको करिब ८ अर्ब रुपैयाँ अपचल गरेको ओरोप छ। उनले सहकारीको रकम विभिन्न रिसोर्ट, अस्पताल, रेस्टुरेन्ट र जग्गामा लागनी गरेका छन्।
लामाले पत्रकारहरुसँग आफुमाथि झुटो आरोप लागेको बताए। उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए।
‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु। तपाईँहरूले पनि त चिन्नुप¥यो। राम्रोसँग फोटो खिच्नुस्। अब चाहीँ मैंले न्याय पाउँछु जस्तो लागेको छ,’ उनले भले भने, ‘मलाई आश छ तपाईहरुले सत्यतथ्य समाचार सम्पे्रषण गरेर मलाई न्याय दिनुहुन्छ। प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ।’
केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ।
कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी हालेका छन्। यो थपिने क्रममा छ ।
त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको छ।