Kathmandu Press

स्थानीय तहका प्रमुख–उपप्रुमखले घरे अर्थ मन्त्रालय

सरकारले झण्डै २६ प्रतिशत समानीकरण अनुदान कटौती गर्ने निर्णय गरेपछि निर्माण भइरहेका मलुकभरका हजारौं योजना बीचैमा अलपत्र भएपपछि जनप्रतिनिधिहरुले रकम निकासाको माग गर्दै मन्त्रालय घेराउ गरेका हुन्।
स्थानीय तहका प्रमुख–उपप्रुमखले घरे अर्थ मन्त्रालय

काठमाडौं, जेठ २० : स्थानीय तहका जनप्रतिनिधिले समानीकरण अनुदान कटौती गरिएको भन्दै अर्थ मन्त्रालय घेराउ गरेका छन्।

डेढसय भन्दा बढी गाउँपालिका तथा नगरपालिका र गाउँपालिकाका मेयर–उपमेयर तथा अध्यक्ष–उपाध्यक्ष एकै थलोमा भेला भएर मन्त्रालयको ढोकामा धर्ना दिए।

Hardik ivf

सरकारले झण्डै २६ प्रतिशत समानीकरण अनुदान कटौती गर्ने निर्णय गरेपछि निर्माण भइरहेका मलुकभरका हजारौं योजना बीचैमा अलपत्र भएपपछि जनप्रतिनिधिहरुले रकम निकासाको माग गर्दै मन्त्रालय घेराउ गरेका हुन्। उनीहरुले अर्थ मन्त्री वर्षमान पुनसँग भेटेर आफ्नो माग राख्ने बताएका छन्।

आर्थिक वर्ष अन्त्य हुन डेढ महिना बाँकी रहेका बेला अर्थ मन्त्रालयले चालु वर्षका स्वीकृत बजेट अन्तर्गत वित्तीय समानीकरण अनुदान कटौती गरेपछि मुलुकभरका स्थानीय तहको सेवा प्रवाह र विकास योजना प्रभावित भएको छ।

अनुदान रकम पुरै निकासा नगरे थप आन्दोलन गर्नुको विकल्प नभएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति: १६:५० बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्