Kathmandu Press

मातृभाषा संरक्षण गर्न परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

उनले आदिवासी जनजाती संस्कति र संस्कारलाई सञ्चारमाध्यममा प्रयोग गर्न सकिएन भने मातृभाषा विस्तारै लोप हुँदै जाने बताए।
मातृभाषा संरक्षण गर्न परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

काठमाडौं, जेठ २० : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषालाई संरक्षण गर्न र यसलाई बढवा दिन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै उनले आदिवासी संस्कृति महत्त्वपूर्ण भएको औंल्याए।

Hardik ivf

उनले आदिवासी जनजाती संस्कति र संस्कारलाई सञ्चारमाध्यममा प्रयोग गर्न सकिएन भने मातृभाषा विस्तारै लोप हुँदै जाने बताए।

‘मातृभाषा बढाउनुपर्छ, यसलाई संकुचित रूपमा बुझ्नु हुँदै । हाम्रो आदिवासी संस्कृति महत्त्वपूर्ण छ जसले अधिकांश मातृभाषाहरूलाई अँगालेको छ,’ उलने भने।

मातृभाषालाई बचाएर आदिवासी जनजातिसँग सञ्चार माध्यमको रूपमा प्रयोग गर्न नक्दला मातृभाषा विस्तारै लोप हुँदै गएको उनले बताए। उनले भाषा लोप भए भाषालाई अंगाल्ने समुदाय पनि लोप हुँदै जाने बताए।

मातृभाषा प्रकाशन वा पत्रकारिता गर्ने मात्र नभई यस्तो संस्कृति जोगाउने कार्यमा पनि लाग्नुपर्ने बताए।

 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्