भारतमा कोरोनाभाइरसका कारण मृत्युु हुनेको संख्या ३५ पुग्यो
काठमाडौं, चैत्र १९ : छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
मंगलबार थप तीन जनाक....

काठमाडौं, चैत्र १९ : छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १४ सय पुगेको छ ।
भारतमा फेब्रुअरी १५ मा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो ।
प्रकाशित मिति: ०८:१० बजे, बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











