Kathmandu Press

बजेटप्रति डा. महतको टिप्पणी– ‘पपुलिज्म’मा लागेर पार्टीका समर्थक, शुभचिन्तक खुसी पार्ने प्रयास

पूर्वअर्थमन्त्री डा.महतले आमजनतालाई प्राथमिकतामा राखेर खर्च गर्ने बाटोमा बजेट हिँड्न नसकेको बताउँदै फूलबुट्टा भरेर केही नहुने उल्लेख गरे। उनले अहिलेको बजेट दिशाउन्मुख नभएको बताए।
बजेटप्रति डा. महतको टिप्पणी– ‘पपुलिज्म’मा लागेर पार्टीका समर्थक, शुभचिन्तक खुसी पार्ने प्रयास

काठमाडौं, जेठ २० : नेपाली कांग्रेसका सांसद् तथा पूर्वअर्थमन्त्री डा. प्रकाशरण महतले ‘पपुलिज्म’को पछाडि लागेर बजेट आएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै डा.महतले ‘पपुलिज्म’को पछाडि लागेर पार्टीका समर्थक, शुभचिन्तक खुसी पार्ने प्रयास अहिलेको बजेटले गरेको उनले टिप्पणी गरे।

पूर्वअर्थमन्त्री डा.महतले आमजनतालाई प्राथमिकतामा राखेर खर्च गर्ने बाटोमा बजेट हिँड्न नसकेको बताउँदै फूलबुट्टा भरेर केही नहुने उल्लेख गरे। उनले अहिलेको बजेट दिशाउन्मुख नभएको बताए।

Hardik ivf

बढाउनका निम्ति मात्र बजेटको आकार बढाइएको बताउँदै उनले समस्या नै त्यही भएको बताए। १८ अर्ब ६० अर्ब रुपैयाँ बजेट पुर्‍याउन ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय सुहाउँदो नभएको उनले बताए।

‘यसै त ऋणको भार त्यसै बढेको छ, अन्य देशले ऋण लिएर उत्पादन गरेर तिर्छन्, हामी त गलत ठाउँमा ऋण लिएर वितरण गर्ने,’ उनले भने, ‘हाम्रो उत्पादन हुँदैन, राजस्व बढ्दैन । यसको परिणाम के हुने भयो रु यो ऋण हामीलाई बोझ हुने भयो।’

९९ अर्ब ऋण सरकारले लिएपछि निजी क्षेत्रले बैंकबाट कसरी ऋण लिन सक्छन्? कहाँबाट ऋण लिन्छन् भन्ने प्रश्न गर्दै उनले यसरी ब्याजदर बढ्ने भन्दै अर्को समस्या हुने उनले बताए।

बजेटले कंक्रिट सुधारको ‘स्टेप’ समात्न नसकेको बताउँदै उनले बेथिति अन्त्य गर्ने ‘रोडम्याप’ बनाउन आफू मन्त्री हुँदा लागे पनि, त्यो आशामा आफू रहे पनि अहिले अवस्था फरक रहेको उनले उल्लेख गरे।

यस्तै, उनले अर्थमन्त्री रिस साँधेर नुवाकोटको गंगटे सडकको स्रोत निश्चित भएर प्राविधिक टुंगो लगाइसकेको बजेट समेत रोकिदिएको भन्दै उनले आक्रोश पोखे । टोखा–छहरे सुरुङमार्गमा पनि मौनता साँधेर बजेट नदिएको उनले आरोप लगाए।

प्रधानमन्त्री रोजगार कार्यक्रमका निम्ति छुट्ट्याइएको रकम ‘फ्लप’ भएको भन्दै उनले काट्न नसकेको बताए। अनावश्यक खर्च कम गर्ने काम नभएको उनको भनाइ छ।

विदेशमा पठाउन बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको भन्दै त्यो ऋण तिर्छन् भन्ने के ग्यारेन्टी छ भन्ने उनले प्रश्न गरे। स्याउ, प्याज र आलुमा लगाइएको भ्याट हटाएर के गर्न खोजेको भन्दै उनले प्रश्न गरे।

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्