प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
सत्तारुढ दलका दुई शीर्ष नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेट भएको बताइएको छ।
काठमाडौं, जेठ २० : प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको छ।
सत्तारुढ दलका दुई शीर्ष नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेट भएको बताइएको छ। दुई नेताबीच समसामयिक राजनीति र बजेटबाट विषयम छलफल भएको छ।
सरकारले ल्याएको बजेटप्रति एमालेले असन्तुष्टी जनाएको छ। अध्यक्ष ओलीले शनिबार संसदीय दलको बैठकमा बजेट अर्थमन्त्री र माओवादीतर्फ ढल्किएको भन्दै आलोचना गरेका थिए।
प्रकाशित मिति: १५:४३ बजे, आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












