‘अस्थिरता र अविश्वासले पुनरुत्थानवादीहरूलाई हौसला मिल्यो’
अध्यक्ष माधवकुमार नेपालले नेकपा एकिकृत समाजवादी पार्टीले यस्तो कुकृत्यहरुबाट भाग्न नमिल्ने बताए। उनले प्रमुख प्रतिपक्षीसहितका दलहरुको बैठकमा सहभागी हुँदा प्रधानमन्त्रीसँग छलफल गरेको समेत बताए।
काठमाडौं, जेठ २०: नेकपा एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा बढेको अस्थिरता र अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलेको बताएको छ।
आइतबार काठमाडौंमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलिरहेको जानकारी दिइएको हो।
अध्यक्ष माधवकुमार नेपालले नेकपा एकिकृत समाजवादी पार्टीले यस्तो कुकृत्यहरुबाट भाग्न नमिल्ने बताए। उनले प्रमुख प्रतिपक्षीसहितका दलहरुको बैठकमा सहभागी हुँदा प्रधानमन्त्रीसँग छलफल गरेको समेत बताए।
प्रदेश सरकारमा सत्ता घटक भएको कारण बैठकमा सहभाभी भएको बताउँदै उनले कुनै पनि नेतासँग उठबस गर्नु नौलो नभएको बताए।
‘प्रदेश सरकारका लागि सत्ता घटक भएका कारण प्रमुख प्रतिपक्षीहरुसँग हामी सहभागी भएका हौं। कसैले पनि कुनै नेतासँग पनि उठबस गर्न पाउँछ र हामीले पनि पाउँछौं,’ उनले भने, ‘कसैले आत्तिनुपर्ने आवश्यकता छैन। मैले विपक्षीहरुको बैठकमा सहभागी भएको विषयमा प्रधानमन्त्रीसँग फोन वार्तामा जानकारी समेत गराएको थिएँ।’
त्यस्तै, अध्यक्ष दाहालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशमा चारवटा दस्तावेजहरु प्रस्तुत गर्ने बताए। उनले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादको कार्य दस्तावेज, संगठनात्मक प्रस्ताव र विधान प्रस्ताव प्रस्तुत हुने उल्लेख गरे।
दस्तावेजहरुमा पार्टीको ग्रासरुटदेखि माथिल्लो तहबाट समेत सुझावहरु संकलन भइरहेको बताए। सो अवसरमा पार्टीको दशौं महाधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो।












