Kathmandu Press

सिक्किममा मुख्यमन्त्री गोलको पार्टी ३२ मध्ये ३१ सिटमा विजयी, पूर्व मुख्यमन्त्री चाम्लिङ दुवै क्षेत्रमा पराजित

विधानसभा चुनावको नतिजा अनुसार ३२ सिट मध्ये एसकेएमले ३१ सिटमा जित हात पारेको छ।
सिक्किममा मुख्यमन्त्री गोलको पार्टी ३२ मध्ये ३१ सिटमा विजयी, पूर्व मुख्यमन्त्री चाम्लिङ दुवै क्षेत्रमा पराजित

सिक्किम, जेठ २० : सिक्किम विधानसभामा मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले)को पार्टी क्रान्तिकारी मोर्चा (एसकेएम)ले एकलौटी जित हात पारेको छ।

विधानसभा चुनावको नतिजा अनुसार ३२ सिट मध्ये एसकेएमले ३१ सिटमा जित हात पारेको छ।

Hardik ivf

लोककल्याणकारी योजनाहरूलाई कार्यान्वयन गरेकाले एसकेएमले चुनाव जितेको बताइएको छ। सिक्किमका नेपाली समुदायलाई लागेको ुविदेशीुको ट्याग हटाउन सफल भएको समेत एसकेएमको दाबी छ।

विधानसभा निर्वाचनमा वर्तमान मुख्यमन्त्री गोले दुवै निर्वाचन क्षेत्रबाट विजयी भएकाम छन्। उनी रेनोक र सोरेङ–चाकुङ क्षेत्रबाट विजयी भएका हुन्।

यता, पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिट मात्र जितेको छ। एसडीएफका तेन्जिङ नोर्बु लाम्ठा स्यारी क्षेत्रबाट विजयी भएका छन्।

चाम्लिङ आफैं दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका छन्। उनी पोक्लोक–कामराङ र नाम्चेबुङ क्षेत्रबाट परातिज भएका हुन्।

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्