Kathmandu Press

कोरोनाबाट विश्वभर ४२ हजार वढीको मृत्यु, संक्रमितको संख्या ८ लाख ५० हजार वढी 

काठमाडौं, चैत्र १९ : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । ८ लाख ५६ ह....

कोरोनाबाट विश्वभर ४२ हजार वढीको मृत्यु, संक्रमितको संख्या ८ लाख ५० हजार वढी 

काठमाडौं, चैत्र १९ : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । ८ लाख ५६ हजार ९ सय १० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ ।

ठूलो संख्यामा संक्रमितहरु उपचारपछि निको समेत भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा थप ८ सय ३७ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ ।

कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । त्यहां थप ७ सय ४८ जनाको मृत्यु भएको हो ।

यता अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।

थप ७ सय १९ जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६० पुगेको छ । फ्रान्समा पनि मृतकको संख्या बढेको छ । त्यहां कोरोनाका कारण ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । उता, इरानमा २ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । बेलायतमा १ हजार ७ सय ८९ जनाको मृत्यु छ । जर्मनीमा थप १ सय ३० जनाको मृत्यु हुँदा मृतकको संख्या ७ सय ७५ पुगेको छ ।

कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । यसैगरी नेदरल्याण्ड्समा १ हजार ३९, बेल्जियममा ७ सय सय ५, पोर्चुगलमा १ सय ६० जनाको मृत्यु भएको छ ।

यता छिमेकी मुलुक भारतमा पनि कोरोनाको महामारी फैलिरहेको छ । मृतकको संख्या ३५ पुगेको छ भने १ हजार ३ सय ९७ जना संक्रमित छन् । पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ९ सय ३८ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण पांच जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: ०७:३८ बजे, बुधबार, चैत १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्