Kathmandu Press

नेता र दलालहरुले जनताको पसिनामा पौडी खेले : अध्यक्ष केसी

आइतबार प्रतिनिधिसभाको बैठकमा पूर्वसहकारीमन्त्री समेत रहेका सांसद केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संरक्षणमा रहेका दलालहरुले जनताको पसिनामा पौडी खेलेको बताए।
नेता र दलालहरुले जनताको पसिनामा पौडी खेले : अध्यक्ष केसी
फाक्षल तस्बिर।

काठमाडौं, जेठ २० : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीको रकम अपचलन गर्नेहरुमा सर्वसाधारण नभइ राज्यसत्तामा विराजमान नेताहरु नै संलग्नता रहेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा पूर्वसहकारीमन्त्री समेत रहेका सांसद केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संरक्षणमा रहेका दलालहरुले जनताको पसिनामा पौडी खेलेको बताए।

Hardik ivf

‘सभामुखज्यू, सहकारीमा निर्मम तरिकाले जनताको पसिनामा जसले पौडी खेलेको छ, त्यस्ता मान्छेलाई कानूनी कारबाही हुनुपर्दछ भन्ने कुराले संसद बन्द भएको हो ? सहकारी मन्त्रालयमा म पनि केही दिन बसेको हुनाले के तितो अनुभव छ भने सहकारीको रकम हिनामिना गर्ने सर्वसाधारण मान्छे होइनन्,’ उनले भने, ‘ति राज्यसत्तामा विराजमान हुने र तीनको संरक्षणमा वा तीनका दलालहरुबाट सहकारी सञ्चालन गरेर हिनामिना गर्ने हुन्। तीनिहरुलाई मन्त्री र नेताहरुकै संरक्षण हुन्छ।’

सहकारीकै विषयमा लामो समय संसद अवरुद्ध हुँदा खिसिट्युरि  भएको केसीको भनाइ छ।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्