Kathmandu Press

पुराना दलहरु स्वपाले बिगार्‍यो भन्दै पन्छिन खोजेका छन् : सांसद झा

आफ्नो दल राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको भन्दै उनले केही दल दलका अग्रजहरूमा तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिएको बताए।
पुराना दलहरु स्वपाले बिगार्‍यो भन्दै पन्छिन खोजेका छन् : सांसद झा

काठमाडौं, जेठ २० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, निजी क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए।

Hardik ivf

आफ्नो दल राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको भन्दै उनले केही दल दलका अग्रजहरूमा तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिएको बताए।

‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला। हामी प्रयासहरु गर्दैछौं,’ उनले भने, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरू पनि होइनौं। हाम्रो विगत कमजोर पनि थिएन। हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटि टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन। हामीसँग अरु धेरै आधार छ।’

सांसद झाले आफूहरु केही गर्न आएको बताउँदै केही गर्ने प्रयास गरिरहेको बताए।

झाले राजनीतिले धेरै ‘कोर्ष’ परिवर्तन गरेको भन्दै ‘करिकुलम’ पनि परिवर्तन गर्न जरुरी रहेको बताए।

‘कक्षा–५ को किताब पढेर एसईई पास हुँदैन। व्यवस्था परिवर्तन भयो, अवस्था अलेलि परिवर्तन भयो। सबै परिवर्तन मैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न,’ उनले भने, ‘राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट।”

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्