Kathmandu Press

मधेसमा नयाँ सरकारका लागि सात दलको दाबी, मुख्यमन्त्रीमा जतमतका महेश यादवको प्रस्ताव

नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा जुटेका हुन्।
मधेसमा नयाँ सरकारका लागि सात दलको दाबी, मुख्यमन्त्रीमा जतमतका महेश यादवको प्रस्ताव

काठमाडौं, जेठ २० : नयाँ सरकार गठनका लागि मधेस प्रदेशमा सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन्।

नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा जुटेका हुन्।

Hardik ivf

मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा प्रस्ताव गरिएको छ। लोसपाले भने नयाँ समीकरणमा जाने या नजाने भन्ने निर्णय गरिसेको छैन।

नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ।

प्रकाशित मिति: १२:५१ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्