Kathmandu Press

‘गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

‘सदन चटक देखाउने ठाउँ होइन। पोस्ट ट्रुथ पोलिटिक्सको जुन खालको क्यारेक्टर हुन्छ त्यो अहिलेसम्म सदनमा आएको थिएन। यो पटक सदनमा छिर्याउने कोसिस गरियो,’ उनले भने।
‘गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

काठमाडौं, जेठ २० : कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

उनले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन पनि आग्रह गरेका छन्।

Hardik ivf

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री थापाले विशेष समयमा बोल्दै सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री रवि लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको बताए।

उनले सहकारी बचत अपलचलनमा आफूमाथि उठेको प्रश्न छल्नलाई ‘संसदले विदेशीलाई सूचना बेच्छन’ भन्ने गैर जिम्मेवार आरोप लगाएको भन्दै त्यसको सत्यता पुष्टि गर्नुपर्ने बताए।

‘सदन चटक देखाउने ठाउँ होइन। पोस्ट ट्रुथ पोलिटिक्सको जुन खालको क्यारेक्टर हुन्छ त्यो अहिलेसम्म सदनमा आएको थिएन। यो पटक सदनमा छिर्याउने कोसिस गरियो,’ उनले भने, ‘विषयवस्तुबाट बरालिएर अर्कोतिर लैजानको लागि सदनको मन्त्रीले गरेको कार्य डरलाग्दो छ, पछि पनि हुनसक्छ ।’

‘सदनमा एउटा विषयवस्तु आउँदैगर्दा प्रश्नबाट बच्न सरकारका प्रधानमन्त्री र मन्त्रीले सबै यसै गर्न थाले भने सदन कहाँ पुग्छ ? कांग्रेस यो कुरामा प्रष्ट हुन चाहन्छ । सदनमा जुन कुरा भनियो, जुन कुरा सुनियो कि प्रधानमन्त्रीले अन गर्नुस तपाईंसँगै हिसाबकिताब गरौंला,’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीले त्यो कुरालाई रेकर्डबाट हटाउँछु भन्नुपर्छ । होइन भने यही सदनमा प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ।’
सहकारी ठगी प्रकरणमा समितिको काम नगर्दासम्म आफूहरुले कांग्रेसका सांसदलाई सदनमा नबोल्न आग्रह गरेको बताएका थापाले सहकारी प्रकरणमा एमालेको स्ट्याण्ड र सरकारको काम कांग्रेसले केही समय चुपचाप हेर्नेमा जोड दि ।

उनले कांग्रेसले सदन अवरोध गरेका दिनको आफूहरु सरकारका काममा सघाएर क्षतिपूर्ति दिन तयार रहेको पनि जिकिर गरे।

प्रकाशित मिति: १२:४० बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्