Kathmandu Press

नागरिक लगानी कोषको एक करोड २५ लाख सहयोग

काठमाडौं, चैत्र १८ : नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ....

नागरिक लगानी कोषको एक करोड २५ लाख सहयोग

काठमाडौं, चैत्र १८ : नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

कोषको सोमबार बसेको सञ्चालक समितिको बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

कोषको सञ्चालक समितिका अध्यक्ष एवम् सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामती कर्मचारीले योगदान गरे सरह दशौँ तहसम्मका अधिकृतले सात, अन्य अधिकृतले पाँच र सहायकस्तरका कर्मचारीहरुले तीन दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।

प्रकाशित मिति: ०७:२४ बजे, बुधबार, चैत १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्